रामेछापमा प्रदेश सरकारले उत्कृष्ट काम गरेको छः मन्त्री ढुंगेल
२० साउन, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछाप जिल्लामा बागमती प्रदेश सरकारले उत्कृष्ट काम गरेको बताएका छन् । उनले अहिलेसम्म जिल्लामा हुन नसकेको विकास निर्माणको काम प्रदेश सरकारले गरेर देखाएको बताएका हुन् ।
सित्खा–भिरपानी–गोगनपानी कालोपत्रे सडकको उदघाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री ढुंगेलले एमाले नेतृत्वको सरकारले देशमा द्रुत गतिमा विकासको लहर नै चलाएको बताए ।
प्रदेश सरकारले अहिलेसम्म जिल्लाभित्र ६८ किलोमिटर सडक कालोपत्र गरिसकेको बताउदै उनले मुख्य सडकहरुमा अहिले पनि कालोपत्रेको काम तीब्र गतिमा अगाडि बढेको बताए । सडक निर्माणको काममा रामेछापले फडको मारेको बताउदै मन्त्री ढुंगेलले विकास निर्माणको कामलाई प्रदेश सरकारले अझै तीब्र गतिमा अगाडि बढाउने बताए ।