रामेछाप जिल्लामा केही दिन बिजुली जाने, प्राधिकरणले जारी गर्‍यो विज्ञप्ती



२३ साउन, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणको ढल्केबर सब स्टेशनमा ट्रान्सर्फमर बिग्रिएको कारण परिवर्तन गर्नुपर्ने भएकाले रामेछाप सहित केही जिल्लामा दैनिक एक घण्टा विद्युत कटौती हुने  बताएकाे  छ । प्राधिकरणले जनकपुरदेखि रामेछाप सम्मका ८ वटा वितरण केन्द्रमा आलोपालो दैनिक पिक आवरको समयमा एक घण्टा विद्युत कटौती हुने भएको बताएको हो ।

ढलकेबर सव स्टेशनमा जडान गरिएको ३० एमभिए क्षमताको पावर ट्रान्सर्फमरमा खराबी आएको कारण मर्मतको काम भइरहेको छ । जनकपुर वितरण केन्द्रद्धारा जारी विज्ञप्तीमा जनकपुर, धनुषाधाम, सखुवा, जलेश्वर, गौशाला, यदूकुहा, सिन्धुली र रामेछाप वितरण केन्द्रमा आलोपालो विद्युत कटौती हुने उल्लेख गरिएको छ ।

यता नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख कृष्णहरि दाहालले सिन्धुलीबाट विद्युत कटौती भएपनि लामोसाँघुबाट आउने विद्युतको कारण सकेसम्म बिजुली जान नदिने बताउछन । उनले भने,‘अहिले ढल्केबरबाट आएको बिजुली बलिरहेको छ, देवीटार पारिपट्टी तामाकोसी नदीले ढालेको पोले नयाँ राखेर लामोसाँघुको ३३ केभी प्रसारण लाइन पुनः सुचारु गराउने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्