कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा



२५ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । प्रधानमन्त्री शेर बहादेर देउवाले यसअघि घिसिङलाई नियुक्त गर्ने प्रस्ताव ल्याउन मन्त्री भुसाललाई निर्देशन दिएका थिए ।

सोही निर्देशन अनुसार अहिले बस्न लागेका मन्त्रिपरिषद्को बैठकमा उर्जामन्त्री भुसालले प्रस्ताव लैजान लागेको बताइएको छ । मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको मन्त्रालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्