त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रामेछापका बस्नेत पक्राउ



२६ साउन, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको सुनजस्तो देखिने धातुको ३ थान बाला सहित काठमाडौं कुमारीगाल बौद्ध बस्ने  रामेछाप गोकुलगंगा गाउँपालिका रस्नालु घर भएका २५ वर्षीय सन्तोष बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहरुलाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उक्त धातु सहित पक्राउ परेका बस्तेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्