डहू मावि भूतपूर्व विद्यार्थी समाजको उदाहरणीय कामः रजिता तामाङलाई सहयोग रकम हस्तान्तरण



२९ साउन, भक्तपुर ।
डहु माविका भूतपूर्व विद्यार्थी समाजले उदाहरणीय काम गर्दै केही स्वास्थ्य समस्याबाट जुध्दै आएकी रजिता तामाङलाई लागि ११ लाख ९२ हजार ६८३ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । भूतपूर्व विद्यार्थी समाजको नेतृत्वमा आँखा र कानको समस्या झेल्दै आएकी तामाङको लागि उक्त सहयोग संकलन गरेको हो ।

स्वदेश तथा विदेशमा रहेकाबाट संकलन भएको रकम नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले आज रजितालाई हस्तान्तरण गरेका छन् । भक्तपुरमा डहू मावि भूतपूर्व विद्यार्थी समाजले आयोजना गरेको कार्यक्रममा संकलित रकम प्राप्त गरेसँगै रजिताले जीवनमा आफूले पैसा भन्दा पनि बढी धेरै माया र सदभाव पाएको बताइन । उनले भनिन–जीवनमा अब केही गर्न सकिदैन भन्ने निष्कर्षमा पुगेको थिएन, सबैको माया र उर्जाले हर्षित भएको छु, अब जीवनमा केही गरेर देखाउने अठोट पनि बोकेकी छु ।’

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, सुनापति गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खडग बहादुर घिसिङ, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मान बहादुर तामाङ, रजिताको उपचारमा संलग्न रहदै आएका डा. पेमा शेर्पा, अम्बर बहादुर लामा, अमरध्वज तामाङ, डहू माविका प्रअ दल बहादुर बल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बेथानका वडा अध्यक्ष घिसिङले रजिता तामाङको लागि वडा कार्यालयले दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धाता व्यक्त गरे ।
कार्यक्रममा डहु मावि भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष रविदास दोङले सबैको साथ र सहयोगबाट रजितलाई सहयोग रकम जुटाउन सकेको बताउदै सहयोगी सबैलाई धन्यवाद दिए । उक्त कार्यक्रममा सचिव कविन लामाले रजिताको उपरार्थ आर्थिक रकम सहयोग गर्ने दाताहरको विवरण सार्वजनिक गरेका थिए । उनले रजिताको उपचारको लागि आवश्यक रकम जुटाउन पुनः समाजले भूमिका निर्वाह गर्ने बताए ।

विगत आँठ बर्षदेखि कान नसुन्ने आँखा कमजोर हुँदै गएको कारण उनले आफ्नो जीवन अध्याँरो तर्फ जाँदै गएको पीडाबोध हुन लेख एक पत्रिकामा प्रकाशित गरेकी थिएन । सोही लेखको कारण छोटो समयमा रजितालाई सबैबाट आर्थिक सहयोग जुटदै आउने क्रममा समाजले पनि आर्थिक सहयोग अभियान अगाडि बढाएको थियो । सहयोगी दाताबाट आर्थिक सहयोग जुटने क्रम सुरु भएसँगै रजिताको उपचार पनि एक साथ अगाडि बढदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्