अधिकारीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न मन्त्री ढुंगेलको माग



३१ साउन, काठमाडौं ।
नेकपा एमाले रामेछापका इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अनेरास्ववियूका केन्द्रीय सदस्य सागरहरि अधिकारीमाथि आक्रमण गर्ने समुहलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । उनले फरक विचार राखेकै कारण आक्रमण गर्नु अपराधिक मानसिकता भएको बताउदै दोषीलाई तत्काल पक्राउ गरेर कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् । मन्त्री ढुंगेले फरक अस्था र विचार राखेकै कारण योजनाबद्ध रुपमा आक्रमण गर्नु कार्य निन्दनीय भएको बताउदै अपराधिक मानसिकता लिएर हिडेका व्यक्तिहरुलाई कानुन अनुसार दण्डित गर्नुपर्ने बताए ।

आफूमाथि सुनियोजित रुपमा आक्रमण भएको भन्दै घाइते भएका अधिकारीले आज प्रहरी समक्ष किटानी जाहेरी दर्ता गर्ने भएका छन् । शुक्रवार साँझ कोटेश्वरमा चिया खाइरहेको बेला नेविसंघ कोटेश्वर क्याम्पसका इकाई सभापति सञ्जय बुढाथोकीको नेतृत्वमा आफूमाथि अन्धाधुन्द आक्रमण भएको अधिकारीले बताएका छन् । अधिकारीले भने,‘आज घटनामा संलग्न व्यक्तिमाथि प्रहरी समक्ष किटानी जाहेरी दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्