सुख्खा पहिरोको कारण अवरुद्ध खिम्ती–बेताली सडक एकतर्फी सञ्चालनमा (भिडियो)



१ भदौ, रामेछाप ।
सुख्खा पहिरोको कारण अवरुद्ध भएको रामेछापको खिम्ती–बेताली सडक खण्डमा एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सोमवार दिउसो छतिवनेमा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएसँगै प्रहरीको पहलमा जेसेबी ल्याएर अवरुद्ध सडक साँझ खुलाइएको थियो । पहिरोका कारण एततर्फी रुपमा सञ्चालनमा आएको सडकलाई दुवैतर्फ सञ्चालन गर्न कोशिस भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्