रामेछापका शान्ति पौडेलले पनि छाेडे माधव नेपालको साथ



३ भदौ, काठमाडौं ।
नेकपा एमाले रामेछापका नेता एवं बागमती प्रदेशका सांसद शान्ति पौडेलले पनि माधव कुमार नेपालको साथ छोडेका छन् । नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी गठन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउदै पौडेल एमालेमै बस्ने निर्णय गरेका हुन् । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन भूमिका खेलेका सांसद पौडेलले पार्टीलाई अझै एकताबद्ध बनाएर अगाडि बढनु पर्ने पक्षमा आफू रहेको बताउछन ।

पौडेलले रामेछाप न्युजसँग भने,‘पार्टीभित्र देखिएको विवाद समाधान गरेर अगाडि बढनु पर्नेमा विभाजनको बाटो रोज्नु गलत हो, अझै पनि विभाजित भएका साथीहरुलाई पार्टीको मुल प्रवाहमा ल्याउने कोशिस जारी राख्नु पर्छ ।’ पौडेल यसअघि नेपाल समुहले गठन गरेको समानान्तर रामेछाप जिल्ला कमिटीको अध्यक्ष रहेका थिए । एमाले र माओवादी एकतापूर्व पनि पौडेल पार्टीको निर्वाचित अध्यक्ष रहेका थिए । तर संसद विघटनपछि भने पौडेल नेता नेपाललाई साथ दिदै आएका थिए । अन्तिम समयमा बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएसँगै पौडेले पनि एमालेमै रहेने निष्कर्षमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्