रामेछापमा एक्लै भएपनि माधव नेपालको साथ छोडदिनः बस्नेत
४ साउन, रामेछाप ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत माधव कुमार नेपाल नेतृत्वको पार्टीको पक्षमा खुलेका छन् । पार्टी विभाजन भएसँगै नेकपा एमालेका जिल्ला नेता समेत रहेका नगर प्रमुख बस्नेत नेपालको पार्टीमा लागेका हुन् ।
नगरप्रमुख बस्नेतले रामेछाप न्युजसँग भने,‘नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन बृहत्त बामगठबन्धन बनाएर अगाडि बढनु पर्छ ।’ उनले रामेछापमा आफू एक्लै भएपनि माधव कुमार नेपाल पक्षमा रहने बताउदै अहिलेको एमालेबाट देश अगाडि बढन नसक्ने बताए ।