औपचारिक रुपमै जेठ २ मा फर्कियो एमाले
८ भदौ,काठमाडौं ।
माधव नेपाल समुह छोडेर मध्यमार्गी नेताहरु पुनः एमालेमै फर्किएसँगै नेकपा एमाले औपचारिक रुपमा २०७५ जेठ २ मा फर्किएको छ ।
माधव नेपाललाई छाडेका असन्तुष्ट नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको हो ।
नयाँ निर्णयसँगै एमालेले १० बुँदे सहमति कार्यान्वयनमा ल्याएको छ । पार्टीको पक्षमा क्रियाशील रहने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश र जिल्ला र सबै तहका कमिटी २०७८ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
स्थायी कमिटीले गरेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न ईश्वर पोखरेल, भीम रावल, घनश्याम भूसाल, लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन असोज ४, ५ ६ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।