एमाले रामेछापको जिल्ला कमिटी बैठक छिट्टै बोलाउछौः अध्यक्ष पौडेल



९ भदौ, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष शान्ति पौडेलले अब छिट्टै जिल्ला कमिटीको बैठक बोलाउने बताएका छन् । उनले २०७५ जेठ २ अघि रहेको जिल्ला कमिटीको बैठक बोलाइने बताएका हुन् । पार्टीको स्थायी कमिटी बैठकले दस बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ पूर्वकै पार्टी कमिटी ब्यु्ँताउने निर्णय गरेसँग जिल्लाभित्र पनि पुरानै कमिटीले निरन्तता पाउने भएको छ । अध्यक्ष पौडेलले रामेछाप न्युजसँग भने,‘केन्द्रीय कमिटी बैठक लगत्तै जिल्ला कमिटीको बैठक बोलाएर पार्टी संगठनको कामलाई अगाडि बढाउछौ ।’

उनले दस बुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताउदै पार्टीलाई विधि र सामुहिक नेतृत्वमा सञ्चालन गरिनु पर्नेमा जोड दिए । पार्टीका नेताहरुले कार्यकर्ताको कुरा सुन्नु पर्छ, पार्टीका नेता कार्यकर्ताको चाहना र भावना अनुसार अगाडि बढे मात्र पार्टीले राखेको लक्ष्य प्राप्त गर्न सकिन्छ, पौडेलले भने ।

माधव कुमार नेपालले अगाडि सार्नु भएको मुद्दामा आफूहरुले साथ दिए पनि पार्टी विभाजनमा साथ दिन नसकिएको बताउदै उनले भने,‘पार्टीलाई जेठ २ अघिकै संरचना ल्याउन माधव नेपालको भूमिका महत्वपूर्ण छ, पार्टी विधिमा त आयो तर नेपाल पार्टीमा रहनु भएन ।’ जेठ २ अघि नेकपा एमाले रामेछापको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्