रामेछाप कांग्रेसको सभापतिमा उम्मेदवारी दिने कान्छारामको घोषणा



१४ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले आगामी पार्टीको जिल्ला अधिवेशनमा रामेछापकाे जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्लाको वडा र स्थानीय तहमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक भएसँगै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


गत प्रतिनिधिसभाको निर्वाचनमा रामेछापबाट निर्वाचनको उम्मेदवार समेत बनेका कान्छारामले रामेछापमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आफूले उम्मेदवारी दिन लागेको रामेछाप न्युजलाई बताए । उनले भने,‘अब गाउँगाउँमा गएर कार्यकताको चाहना र भावना अनुसार काम गर्ने प्रतिबद्धता सहित भोट माग्छु ।’ रामेछापमा आफूले गरेको कामको आधारमा यस पटक सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउदै तामाङले कार्यकर्ताको चाहना र भावनालाई सम्बोधन गर्न पनि एक पटक सभापति बन्ने चाहना राखेको बताए ।

कांग्रेसको घोषित कार्यतालिका अनुसार यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुँदैछ । रामेछापमा ६४ वटा रहेका छन् । त्यसैगरी भदौ २७ मा गाउँ÷नगरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । रामेछापमा ६ वटा गाउँपालिकाका र २ वटा नगरपालिका रहेका छन् । वडा, गाउँ÷नगरमा हुने अधिवेशनबाट छनोट हुने प्रतिनिधिले नै जिल्ला सभापतिसहितका जिल्ला नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्