रामेछापमा छिट्टै नेकपा एकीकृत समाजवादी पुर्नगठन गछौः नेता पौडेल
१७ भदौ, रामेछाप ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवशकंर पौडेलले रामेछापमा छिट्टै जिल्ला पार्टी नेतृत्व र जिल्ला कमिटीको टुंगो लगाइने बताएको छ । भदौ २२ गतेसम्म जनप्रतिनिधिहरुले दल रोज्न पाउने समयसीमा रहेको बताउदै उनले उक्त कार्य सम्पन्न भए लगत्तै रामेछाप जिल्लामाभित्र संगठन विस्तारको कामलाई अगाडि बढाइने बताएका हुन् ।
पौडेलले रामेछाप न्युजसँग भने,‘नयाँ पार्टी निर्माण भएको सन्दर्भमा जिल्लाको ६४ वटै वडा र आठ वटै स्थानीय तहमा संगठन निर्माण गरेर अगाडि बढछौं ।’ उनले यसअघि समानान्तर कमिटीमै रहेकाहरुलाई जिम्मेवारी दिने बताउदै आवश्यकताको रामेछाप जिल्लामा नेकपा एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउने गरी अभियान सञ्चालन गरिने बताए ।
यसअघि माधव नेपाल समुहको समानान्तर जिल्ला कमिटीको अध्यक्ष रहेका शान्ति पौडेल भने अन्तिम समयमा आएर एमालेमै रहने निर्णय गरेसँगै अब अध्यक्षमा नयाँ अनुहारको खोजी सुरु भएको छ ।