एमाले छोडेर नेकपा एकीकृत समाजवादी जान्छुः रमेश बस्नेत
१९ भदौ, रामेछाप ।
नेकपा एमालेबाट निर्वाचित मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा जाने बताएका छन् । आफ्नो विचार र अडान स्पष्ट रहेको बताउदै उनले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोज्ने बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै नगरप्रमुख बस्नेतले भने,‘भदौ २२ गते जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहेको सनाखत गर्छु ।’
एमालेसँग विभाजित भएर माधव कुमार नेपालको अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भसँगै रामेछाप जिल्लामा नेकपा (एस)ले सांगठानिक गतिविधि अगाडि बढाउने तयारी अगाडि बढाएको छ ।