रामेछापमा एमाले परित्याग गर्ने खड्का एक्लो जनप्रतिनिधि
२० भदौ, रामेछाप ।
नेकपा एमालेबाट निर्वाचित गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडाअध्यक्ष दल परिवर्तन गर्ने एक्लो जनप्रतिनिधि बनेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापमा आएर खड्काले आफू नेकपा एकीकृत समाजवादीमा आबद्ध हुने भन्दै सनाखत गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले सबै पालिकामा भदौ २२ गते सम्ममा आफू कुन पार्टीमा रहने हो भनेर सनाखत गराउन पत्रचार गरेपसँगै खड्का एमाले छोडन पहिलो जनप्रतिनिधि बनेका छन् ।
एमाले परित्याग गरेर नेकपा (एस) रोजेका वडाअध्यक्ष खड्काले कम्युनिष्ट विचार, नीति सिद्धान्तबाट एमाले विमुख भएकाले आफूले नेकपा एकीकृत समाजवादी रोजेको बताए । उनले नेकपा एमालेबाट कम्युनिष्ट आन्दोलनको नेतृत्व सम्भव भएको बताए । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रामेछापका विभिन्न स्थानीय तहमा गरी १ सय ६५ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । खड्का बाहेक अन्य जनप्रतिनिधिहरुले दल परिवर्तनको विषयमा मौन देखिएका छन् ।