मन्थली नगरपालिकाका नगरप्रमुख वस्तेतसहित चार जना प्रनप्रतिनिधिले छोडे एमाले
२२ भदौ, रामेछाप ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतसहित चार जना जप्रतिनिधिहरुले आज एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा रहने सनाखत गरेका छन् । आज जिल्ला निर्वाचन कार्यालय पुगेर बस्नेत सहित चार जना जनप्रतिनिधिहरुले नेकपा (एस)मा रहने सनाखत गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका सूचना अधिकारी गणेश थापाले आजसम्म रामेछापमा एमाले छोडेर नेकपा (एस) पार्टीको पक्षमा जिल्लाका पाँच जना जनप्रतिनिधिहरुले सनाखत गरेको रामेछाप न्युजलाई जानकारी दिए ।
उनका अनुसार आज सनाखन गर्नेमा मन्थली नगरपालिकाका नगरप्रमुख बस्नेत, मन्थली नगरपालिका–१२ गेलुका वडा सदस्यद्धय उमेश कार्की र लिला बहादुर बुढा र लिखु तामाकोसी गाउँपालिकाका दलित महिला सदस्य भिम लक्ष्मी सार्की रहेका छन् ।
यसअघि गत शुक्रवार गोकुलगंगा गाउँपालिका–५ का वडाअध्यक्ष बलराम खड्काले एमाले परित्याग गर्दै नेकपा (एस)मा रहने गरी सनाखत गरेका थिए ।