संविधान दिवसमा रामेछाप कारागारका १३ कैदी बन्दीको कैद मिनाह (नामावलीसहित)
३ असोज रामेछाप ।
सरकारले संविधान दिवसको अवसरमा अवसरमा रामेछाप कारागारमा रहेका १३ जना कैदीको बाँकी कैद मिनाह गरेको छ । कैद मिनाह पाएसँगै विभिन्न मुद्दामा जेल सजाय भोगिरहेको १३ कैदी बन्दीले माफी पाएका हुन् । रामेछाप जिल्ला कारागारका अनुसार कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका ८ जना, ज्यान मार्ने उद्योगमा एक जना, ज्यान सम्बन्धि कसुरमा एक जना, बहुविवाह मुद्दामा दुई जना एक जना सवारी ज्यान मुद्धामा एक जनाको बाँक कैद सजाय मिनाहा भएको बताएको छ ।
कैद सजाय छुट पाउँनेहरुले ५० प्रतिशत कैद सजाय भूक्तान गरिसकेका रहेका छन् । कैद सजाय मिनाह भएकाहरुमा सुनापती गाउँपालिका सत्यराम तामाङ, रामेछाप नगरपालिकाका हिरालाल कामी र मिना दमाई, सर्लाही जिल्लाका मुकेश पण्डित र सविन महतो, रुपन्देही जिल्लाका अर्जुन सिंह र सन्तराम गुप्ता, धनुषा जिल्लाका उमेश मुखिया, उदयपुर जिल्लाका अमृत बहादुर कार्की,मनोज परियार र जनकुमारी राई, कालिकोट जिल्ला घर भएका सरोज कार्की र नुवाकोटका राम कुमार प्याकुरेलको बाँकी कैद सजाय मिनाहा गरिएको छ ।
यी हुन कैद सजाय छुट पाएकाहरु