म रामेछापवासी नागरिकको सेवा गर्न आएको हुँः प्रजिअ पहाडी
८ असोज, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले नागरिकहरुलाई सकेसम्म गाउँघरमै सेवा प्रवाह गर्ने गरी कार्यक्रम बनाउने बताउदै स्थानीय तहसम्म समन्वय गरेर काम गर्ने बताए ।
प्रजिअ पहाडीले रामेछाप न्युजसँग भने,‘म रामेछापवासी नागरिकको सेवा गर्न आएको हुँ, जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवाहरु सहज रुपमा प्रदान हुन्छ ।’ उनले बजार अनुगमनको कामलाई नियमित रुपमा सञ्चालन गर्ने बताउदै कानुन विपरीत काम गर्नेमाथि कडा कारवाही गरिने बताए । जिल्लाको वस्तुस्थितिको बारेमा आफूले अध्ययन गरिरहेको बताउदै प्रजिअ पहाडीले नागरिकलाई जतिसक्दो छिटो र सहज ढंगले सेवा प्रदान गर्ने कार्यमा आफूले भूमिका खेल्ने बताए ।