नेकपा एकीकृत समाजवादी रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन
९ असोज, रामेछाप ।
नेकपा एकीकृत समाजवादी रामेछापको पहिलो जिल्ला भेलाले रमेश बस्नेतलाई अध्यक्षमा चयन गरेको छ । आज मन्थलीमा सम्पन्न भेलाले मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेतको नेतृत्वमा २०१ सदस्यीय जिल्ला कमिटी बनाउने निर्णय गरेको हो । नेकपा (एस)को जिल्ला अध्यक्षमा चयन भएका बस्नेतले पार्टीलाई रामेछापमा बलियो शक्तिको रुपमा स्थापित गराउने रामेछाप न्युजलाई बताए ।
त्यस्तै कमिटीको उपाध्यक्षमा धनलाल योन्जन र रामवहादुर बुढाथोकी एव सचिवमा लालसिंह घिसिङ चयन भएको नेकपा एसका नेता होम बुढाथोकीले जानकारी दिए