बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा रामेछापका खड्का नियुक्त
१३ असोज, रामेछाप ।
सरकारले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा रामेछाप निवासी बद्रीबहादुर खड्कालाई नियुक्त गरेको छ। प्रदेशमा हालै स्वास्थ्य मन्त्रालय बनाएसँगै खड्कालाई सचिवमा नियुक्त गरेको हो ।
खड्कालाई मन्त्रिपरिषदको निर्णय अनुसार सचिवमा नियुक्त गरिएको छ । स्वास्थ्य शिक्षा समूहका ११औं तहमा कार्यरत खड्का प्रदेशका वरिष्ठ कर्मचारी समेत हुन् । नवनियुक्त सचिव खड्काले सरकारले आफूलाई नयाँ जिम्मेवारी दिएको बताउदै प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि सक्दो काम गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘बागमती प्रदेश सरकारको स्वास्थ्य नीतिलाई प्रभावकारी कार्यान्वयनको लागि भूमिका खेल्छु ।’
खडका अघि खड्का स्वास्थ्य कार्यालय काठमाडौंमा प्रमुखका रुपमा कार्यरत थिए। खड्का स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशक समेत भइसकेका छन्। यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारले वरिष्ठ रहेका खड्कालाई स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुख बनाएर कनिष्ठलाई सामाजिक विकास मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको थियो ।