अपडेटः रामेछाप प्रदेश ‘ख’ को सभापतिमा श्रेष्ठ जित नजिक
१५ असोज, रामेछाप ।
नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय निर्वाचन अन्तर्गत प्रदेश ‘ख’को सभापतिका उम्दवार राजेश कुमाार श्रेष्ठको अग्रता कायमै रहेसँगै जित्ने निश्चित भएको छ । कुल ७ सय ५२ मतमा श्रेष्ठले आफ्नो अग्रता कायमै राखेका हुन् । अब करिब पचास वटा मात्र मत गणना गर्न बाँकी रहेको बताइएको छ । पचास बाँकी हुँदा श्रेष्ठ सत्तरी भन्दा बढी मतले अगाडि रहेका छन् ।
उनले सभापतिका उम्मेदवार रामकृष्ण ढुंगेललाई पछि पादै क्षेत्रिय सभापतिमा करिब जित्ने गरी अग्रता लिएका छन् । जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले केही बरेमा विजयी उम्मेदवारहरुको नाम सार्वजनिक गरिने रामेछाप न्युजलाई बताए । श्रेष्ठलाई पूर्व जिल्ला सभापति रामचन्द्र खड्का समुहको साथ रहेको छ । श्रेष्ठसँगै पदाधिकारी र कार्यसमितिमै खड्का समुहले जित्ने भएको छ ।