नेपाली कांग्रेस रामेछापको अधिवेशनः मध्ये रातमा स्थगित भएको मतदात पुनः सुरु हुँदै
१७ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशन अन्तर्गत हिजो राती मतदान स्थलमा ढुंगा प्रहार भएपछि मध्ये रातमा स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु हुन लागेको छ । बिहाान ९ बजेबाट सुरु गर्ने गरी मध्ये रातमा स्थगित गरिएको थियो । रामेछापका निर्वाचन अधिकृत विष्णु लुइँटेलले मतदान प्रक्रिया सुरु गर्ने गरी तयारी भइरहेको रामेछाप न्युजलाई बताए ।
शनिवार दिउसो १ बजेटबाट सुरु भएको मतदानमा राती तनाब सृजना भएपछि सभापतिका तीनै जना प्रत्यासीको सहमतिमा मतदान प्रक्रिया स्थगित गरिएको थियो । कुल १४ सय १३ मतदाता मध्ये ६६८ मतदाताले शनिवार मतदान गरेका थिए । बाँकीले आज मतदान गर्नेछन् ।