रामेछापमा कांग्रेस जिल्ला सभापतिको मतगणाना सकियो, कान्छारामलाई ८ मत नपुग्दा पुनः चुनाव हुँदै
१८ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको जिल्ला सभाापतिहरुको मत परिणाम सार्वजनिक भएको छ । पहिलो चरणको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामलाई ८ मत नपुग्दा आज पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पार्टीको बिधान बमोजिम ५० प्रतिशत मत नपुगेको हुँदा आज ११ बजे देखि बढि मत प्राप्त गर्ने उम्मेदवारहरु पूर्णबहादुर तामाङ (कान्छाराम) र लवश्री न्यौपाने बीमम पुनः मतदान हुनेभएको छ ।
कसले कति मत पाए ?
नेपाली काँग्रेस रामेछाप जिल्ला सभापतिकाे पहिलाे चरणकाे मत परिणाम
जम्मा खसेकाे मत १३८८ सदर मत १३५२
१. लवश्री न्याैपाने ३५६ = २६.३३%
२. कृष्ण बहादुर महत ३२८ = २४.२६%
३. पूर्ण बहादुर तामाङ ६६८ = ४९.४१%
४. बदर मत २९ = २.१४%
५. जित्नकाे लागि अावश्यकक मत ६७६ = ५०%
६. पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पहिलाे चरणमा नपुगेकाे मत ६७६-६६८= ८ मत ०.५९%