म नेकपा (एस)मा गएको छैन, अहिलेसम्म एमालेमै छुः झम्क कँडेल



२ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापका उपसचिव एवं बागमती प्रदेश कमिटीका सदस्य झम्क कँडेलले आफू अहिलेसम्म एमालेमै रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीले आफूलाई केन्द्रीय सदस्य र रामेछापको सह–इन्चार्ज प्रस्ताव गरेकोप्रति धन्यवाद दिदै आफूले अहिलेसम्म एमाले नछोडेको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै कँडेलले भने,‘लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदै आएको छु, अहिले मेरो विचार नेकपा एकीकृत समाजवादीसँग धेरै मिल्छ, त्यही भएर मलाई जिल्ला सह–इन्चार्जमा प्रस्ताव गरेको ठानेको छु, तर मैले अझै नेकपा (एस)मा जाने निर्णय गरिसकेको छैन ।’

कहिले निर्णय गर्नुहुन्छ भन्ने भन्ने जिज्ञसामा उनले एमालेमै रहने वा नेकपा (एस)मा जाने विषयमा दुई/तीन दिनभित्रमा आफूले निर्णय लिने बताए । कँडेलले नेकपा (एस)मा आफ्ना पुराना सोच मिल्ले साथिहरु भएकोले विचारको हिसाबमा आफू नकिज रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्