रामेछापमा संगठन विस्तारको अभियानमा नेकपा एकीकृत समाजवादी



४ कात्तिक, रामेछाप ।
नेकपा एकीकृत समाजवादी पार्टीले रामेछाप जिल्लाभित्र संगठन विस्तारको कामलाई अगाडि बढाएको छ । जिल्ला कमिटी घोषणा गरेको समाजवादी पार्टीले वडा तहबाट संगठन निर्माण सुरु गरेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरा सदस्य एवं रामेछापका इन्चार्ज देवशकंर पौडेल, जिल्ला सह–इन्चार्ज होम बुढाथोकीको नेतृत्वमा संगठन विस्तारको कामलाई तीब्रता दिएको छ । संगठन विस्तारको कार्यक्रम अन्तर्गत विहिवार खाँडादेवी गाउँपालिका–२ मझुवामा कार्यकर्ता भेला थना वडा कमिटी घोषणा कार्यक्रम सम्पन्न भएको छ । भेलाले हिरा कुमार घिसिङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्