हार्मोनी बहुउदेश्यीय सहकारीद्धारा आयोजित भलिवल प्रतियोगीता स्थगित,कात्तिक १८ गते हुने



५ कात्तिक, ।
खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्यसहित हार्मोनी बहुउदेश्य सहकारी संस्थाद्वारा आयोजित गाउँपालिका स्तरीय भलिवल प्रतियोगीता बर्षाको कारण स्थगित भएको छ । असोज ३० गतेबाट सुरु भएको खेल कात्तिक १ गते सम्पन्न गर्ने निर्धारित कार्यक्रम बर्षाको कारण प्रभावित बन्न पुगेको हो । बाँकी खेल यही कात्तिक १८ गते सम्पन्न आयोजकले बताएको छ ।

खेल कार्यक्रमका संयोजक रोशन थिङले भारी बर्षासँगै आएको हवाहुरीका कारण खेल सञ्चालन गर्न असहज भएपछि यहि कार्तिक १८ गते प्रतियोगीता सम्पन्न हुने जानकारी दिए । उनका अनुसार उक्त दिन रेन्बो स्टार , सुनापति–२ दिमिपोखरी, मगर यूवा समाज र योञ्जन सेवा समाज बेथानबीच फाइनल खेल हुनेछ ।

प्रतियोगीतामा १० वटा टिम सहभागी रहेको कार्यक्रम मूल आयोजक समितिका संयोजक राजेन्द्र मोक्तानले बताए । भलिवल प्रतियोगीताका लागि समाजसेवी दिपेन्द्र कुमार कार्कीले १ लाख, नेकपा एमालेका नेता रत्न गौतमले ४० हजार, व्वसायी संगिन दोर्जे तामाङले १० हजार , व्यवसायी युवराज श्रेष्ठ ५ हजार ललित कुमार ग्यापकले पच्पन्न सय गदन सहयोग गरेका छन भने सुनापति गाउँपालिकाले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
प्रतिगोगीतामा प्रथम पुरस्कार ४० हजार द्वितीय पुरस्कार २५ हजार र तृतिया पुरस्कार १५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्