रामेछाप अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट र पीसीआर ल्याब सञ्चालनमा



६ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट र पीसीआर ल्याब सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको लगानीमा पहिलो पटक अक्सिजन प्लान्ट र पीसीआर ल्याब स्थापना भएको हो । स्थापना गरिएको ल्याब र प्लान्टको आज बागमती प्रदेशका वन वातावरण उद्योग तथा पर्यटन मन्त्री शान्ति पौडेल र स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षेत्री संयुक्त रुपमा उदघाटन गरे ।

स्वास्थ्य मन्त्री कटुवालले स्थापना भएका उपकरण सञ्चालनको लागि आवश्यक जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । पर्यटन मन्त्री पौडेलले अक्सिजन कोभिडको बेलामा मात्र नभई स्वास्थ्य उपचारको लागि जुनसुकै बेला पनि आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट र पीसीआर ल्याब स्थापना भएको बताए । उनले आवश्यक जनशक्ति नहुँदा अस्पतालले प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकेको गुनासो गरे । अध्यक्ष पाख्रिनले जनशक्ति थप गर्न प्रदेश सरकारसँग माग गर्दै प्लान्ट र ल्याब सञ्चालन नर्गको पनि तत्काल प्राविधिक जनशक्ति आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्