काठमाडौंमा श्रंखलाबद्ध चोरीमा संलग्न रामेछापका दुई भाई चोर्दाचोदै पक्राउ



८ कात्तिक, काठमाडौं ।

काठमाडौं उपत्यकामा रातको समयमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने रामेछापका दुई जना पक्राउ परेका छन् । श्रंखलाबद्ध बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चोरी कार्यमा सम्लग्न रामेछापका दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारी र घर फाडेर चोरी गर्ने दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वराका कमल थापामगर र सोही वडाका धनलाल थापामगर पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने हरि प्रसाद रसाईलीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । महाशाखाका अनुसार पक्राउ परेका तीनै जनालाई आज आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

पक्राउ व्यक्ति:-
 नाम:– कमल थापा मगर
उमेर :– ३१ बर्ष
ठेगाना:– जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ०४
हालको ठेगाना:- का.जि. कोटेश्वर
२) नाम:- धनलाल थापा मगर
उमेर :- ३० बर्ष
ठेगाना :- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा न. ०४
हालको ठेगाना :- का.जि. कोटेश्वर
नाम:- हरि प्रसाद रसाईली
उमेर :- ३९ बर्ष
ठेगाना :- जिल्ला पाँचथर फाल्गुनन्द गा.पा. वडा न ५
हालको ठेगाना :- का.जि. कपन मिलन चोक
सम्लग्न घटनाहरु :-
१.मिति २०७७/०८/१९ गते स्थित रातको समयमा का.जि. मुलपानी स्थित देबि बचत तथा ऋण सहकारी सस्थाबाट नगद तथा ल्यापटप समेत गरि अन्दाजि रु २०,००,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
२.मिति २०७७/११/०७ गते का.जि.का.म.न.पा. वडा न ३२ तिनकुने स्थित जुनार हिलटप सहकारी सस्थाबाट नगद रु १३७,५००/- बराबरको धनमाल चोरी गरी लगेको ।
३.मिति २०७७ फागुन महिनामा का.जि.का.म.न.पा. वडा न १५ स्वयम्भु स्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना समेत गरि ४,८०,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
४.मिति २०७७/११/११ गते रातीको समयमा का.जि. कागेश्वी मनहरा ७ स्थित दिदि सहकारि स्थाको मुल ढोका फोडी नगद रु २,१०,०००/- चोरी गरि लगेको
५. मिति २०७८ साल बैशाख महिनामा का.जि. सितापाईला स्थित बिश्वनाथ खनालको घरमा कोही नभएको मौका पारी नगद तथ सुन चाँदीको गर गहना समेत गरि अन्दाजी रु ३,१०,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
६.मिति २०७८/०३/१९ गते का.जि. सितापाईला बुद्धटोल स्थित कृष्ण लामाको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना गरि अन्दाजी रु ४,३०,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
७.मिति २०७८/०३/२४ गते का.जि. स्वयम्भु स्थित आरक्ष बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरि अन्दाजि रु १,२३,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
८.मिति २०७८ बैशाख गते का.जि.नागार्जुन ४ सितापाईला स्थित शिव प्रसाद लामिछानेको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीको गर गहना समेत गरि अन्दाजी १५,००,०००/- बराबरको धनमाल चोरी गरि लगेको ।
९. मिति २०७८/श्रावण महिनामा का.जि. का.म.न.पा. वडा न १० शंखमुल स्थित स्वबिबेक बचत तथा ऋण सहकारी संस्था बाट ढोका फोडी नगद रु १००,०००/- चोरी गरी लगेको ।
बरामद सामानहरु:-
१. मोबाईल थान २
२. सुनका बिभिन्न गर गहाना ८२.६८ ग्राम ।

प्रतिक्रिया दिनुहोस्