रामेछापको ८ वटै स्थानीय तहमा आज एमालेको अधिवेशन हुँदै



९ कात्तिक, रामेछाप ।
नेकपा एमालेको ८ वटै स्थानीय तहमा आज एक साथ अधिवेशन हुँँदैछ । जिल्लाको ८ वटै स्थानीय तहमा हुने अधिवेशनको लागि जिल्ला इन्चार्जसहितका नेताहरु खटिएका छन् ।

मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको अधिवशेन जिल्ला इन्चार्ज कैलाश ढुंगेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ भने गोकुलगंगा गाउँ गाउँपालिकाको अधिवेशनको उदघाटन जिल्ला अध्यक्ष शान्ति पौडेलले गर्ने कार्यक्रम रहेको छ । रामेछाप जिल्लामा यसअघि एमालेको ६४ वटै वडाको अधिवेशन सर्वसम्म रुपमा सम्पन्न भइसकेको छ ।

जिल्ला इन्चार्ज कैलाश ढुंगेलले जिल्लाको सबै स्थानीय तहको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न हुने रामेछाप न्युजलाई बताए । उनले एकताको अधिवशेन भएकाले सहमतिबाटै नयाँ नेतृत्व चयन गरेर अगाडि बढने बताए । रामेछापमोका ८ स्थानीय तह अन्तर्गत रहेको ६४ वटामा गरी एमालेको संठगित सदस्यको संख्या ११ हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्