एमाले खाँडादेवी गाउँपालिकाको अध्यक्षमा कार्की र सचिवमा तामाङ निर्वाचित



९ कात्तिक, रामेछाप ।
नेकपा एमाले गोकुलगंगा गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुष्कर कुमार कार्की सर्वसम्मत निर्वाचित भएका छन् । कार्की यसअघि पनि एमाले खाँडादेवी गाउँकमिटीको अध्यक्ष रहेका थिए ।

अधिवेशनले उपाध्यक्षमा तुल्सीदास श्रेष्ठ, सचिवमा मोतीलाल तामाङ, उपसचिवद्धयमा रमेश केसी र भिमराज थोकलाई चयन गरेको छ । अधिवेशनले ७५ सदस्यीय गाउँ कमिटीको सदस्य समेत सर्वसम्त रुपमा चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीलाई नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेल र खाँडादेवी गाउँपालिकाका अध्यक्ष एवं एमाले रामेछापका उपाध्यक्ष प्रेम बहादुर तामाङले बधाई एवं शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्