मन्थली नगरपालिका र लिखुतामाकोसी गाउँपालिकामा एमालेले भोली नेतृत्व चयन गर्ने



९ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापमा छ वटा स्थानीय तहमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । रामेछापको दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकामा आज एकसाथ अधिवेशन उदघाटन भएको थियो । आज सम्पन्न अधिवेशनले रामेछाप नगर कमिटीको अध्यक्षमा रोशन पाख्रिन सर्वसम्मत रुपमा निर्वाचन भएका छन् । त्यसैगरी खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा पुष्पकरकुमार कार्की, सुनापति गाउँ कमिटीको अध्यक्षमा ज्ञान कुमार योञ्जन, शैलुङ्ग दोरम्बा गाउँ कमिटीको अध्यक्षमा प्रेम बहादुर तामाङ, गोकुलगंगा गाउँ कमिटीको अध्यक्षमा दिपक कार्की र उमाकुण्ड गाउँ कमिटीको अध्यक्षमा रुद्र नेवार सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

६ वटा पालिकामा अधिवेशन सम्पन्न भएपनि मन्थली नगरपालिका र लिखुतामाकोसी गाउँ कमिटीमा भने आज बन्द सत्र सुरु हुन सकेन । उदघाटन सत्र लामो भएकाले भोली बन्द सत्र मार्फत नयाँ नेतृत्व चयन हुने एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । बुधवार हुने बन्द सत्रबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्