रामेछापका शान्ति पौडेल ४९ दिन मन्त्री भएर विदा भए



११ कात्तिक, काठमाडौं ।
बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्ति पौडेल ४९ दिन मन्त्री भएर विदा भएका छन् । प्रदेश सभामा बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजिनामा दिएसँगै मन्त्री पौडेल पनि विदा भएका हुन् । गत भदौ २३ गते मुख्यमन्त्री शाक्यले पौडेललाई पर्यटन मन्त्रीमा नियुक्त गरेकी थिइन । अन्तिम समयमा माधव नेपालको साथ छोडेका शान्ति पौडेल हाल नेकपा एमाललेको अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

पौडेलले आज मन्त्रालयमा आयोजित विदा कार्यक्रममा छोटो अवधिमा आफूले चाहेर पनि धेरै काम गर्न नसकेको बताउदै यस अवधिमा सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिए । उनले रामेछाप न्युजसँग भने,‘परिस्थितिको कारण एमाले नेतृत्वको सरकारले विदा लिनु पर्यो, पद ठूलो कुरा होइन, अब फेरि बहुमत ल्याएर एमालेकै नेतृत्वमा बागमती प्रदेशमा सरकार गठन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्