काेराेना जितेर कांग्रेस रामेछापका सभापति कान्छाराम घर फर्किए



१२ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छाराम स्वास्थ्य भएर घर फर्किएका छन् । केही समयअघि अस्वस्थ भएर तामाङ काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका थिए । अस्प्ताल भर्ना भएका तामाङकाे कोभिड भएको रिपोर्ट आएकाे थियाे ।

सभापति तामाङकाे कोभिड नेगेटिभ भएको रिपोर्ट आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । तामाङले अहिले आफ्नो स्वास्थ्य विस्तार सुधार हुँदै गएको बताउदै केही समय आराम गरेर जिल्ला फर्कने रामेछाप न्युजलाई बताए । उनले भने,‘म अहिले ठिक हुने क्रममा छु, पूर्ण रुपमा ठिक भएपछि मात्र भेटघाट र पार्टीको काममा लाग्छु ।’

प्रतिक्रिया दिनुहोस्