रामेछापमा देखिएकाे विद्युतको समस्या समाधान हुन्छः मन्त्री भुसाल



१३ कात्तिक, काठमाडौं ।
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा फुसालले रामेछाप जिल्लामा दखिएको विद्युतको समस्या समाधान गरिने बताएकी छिन् । उनले रामेछाप जिल्लावासीले हाल भोग्दै आएको विद्युतको समाधान गर्न माग आाएको बताउदै समस्या समाधान गर्नको लागि आफूले तत्काल निर्देशन दिने बताएकी हुन् । रामेछाप जनयुद्ध र कम्युनिष्को उद्गम थलो भएको कारण पनि आफूले विशेष प्राथमिकता दिने मन्त्री भुसालले बताइन ।


नेकपा माओवादी केन्द्र रामेछाप नगरपालिका काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आज काठमाडौँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले व्यक्ति केन्द्रित भएर सरकार चलाएको कारण अहिले नेपालमा राजनीतिक अस्थिरता आएको आरोप लगाइन । रामेछाप जिल्लाभित्र झ्याप झ्याप विद्युत जाने समस्या समाधान गर्न मन्त्री भुसाललाई रामेछापका जनप्रतिनिधि र नागरिकहरुले ध्यानकर्षण गराउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्