रामेछापको विकास निर्माणमा अझै सक्रिय भएर लाग्छुः सभापति कान्छाराम
१३ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले रामेछाप जिल्लाको विकास निर्माणको काममा आफू केन्द्रीत हुने बताएका छन् । उनले जिल्लाको विकास निर्माणसँगै सामाजिक कार्यमा सक्रिय हुने बताएका हुन् । रामेछापका जनताको सेवामा आफू अझै सक्रिय भएर लाग्ने बताउदै तामाङले पार्टीको गतिविधिसँगै सामाजिक कामलाई पनि एकसाथ अगाडि बढाउने बताए ।
शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने बताए । पार्टीभित्र योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिने बताउदै उनले गुटको आधारमा कोही कसैलाई पनि भेदभाव नगरी समान ढंगले अगाडि बढने बताए ।