माओवादीको कार्यालय बनाउन एमाले रामेछापका नेता गौतम गरे आर्थिक सहयोग



१५ कात्तिक, रामेछाप ।
नेकपा माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय निर्माण गर्नको लागि नेकपा एमाले रामेछापका नेता रत्न गौतमले आर्थिक सहयोग गरेका हुन् । निर्माण व्यवसायी समेत रहेका नेता गौतमले माओवादीको पार्टी कार्यालय बनाउनको लागि तीन लाख पच्चीस हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् ।

नेता गौतमले उक्त रकम नेकपा माओवादी केन्द्र सिन्धुलीको जिल्ला इन्चार्ज राजन दाहाललाई हस्तान्तरण गरेका हुन् । इन्चार्ज दाहालले राजनीतिक विचार सिद्धान्त फरक भएपछि एमाले नेता गौतमले पार्टी निर्माणमा गर्नुभएको आर्थिक सहयोग महत्वपूर्ण रहेको बताए ।

गौतमले यसअघि नेपाली कांग्रेस रामेछापको पाटी कार्यालय निर्माण गर्नका लागि पनि आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्