माओवादीको प्रदेश कमिटीमा रामेछापका तीन जना थपिए



१६ कात्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्र रामेछापका तीन नेता प्रदेश कमिटीमा मनोनित भएका छन् । रामेछापका ईलक तामाङ, कर्णखर चौलागाई र भक्तराज थापा प्रदेश कमिटीमा चयन भएका हुन् । तामाङ रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष समेत रहेका छन् । माओवाादीको सम्पर्क समन्वय विशेष प्रदेश समितिमा रामेछापका थप तीन जना मनोनित भएका हुन् । मनोनित भएका तीनै जनाले आज राजधानीमा आयोजित कार्यक्रमकोबीच सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्