राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट रामेछापका तीन कृषक पुरस्कृत



१६ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लामा कृषि व्यवसायमा लागेर उाहरणीय काम गरे बापत तीन जना कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् । जिल्लामा रहेर कृषि पेशा माार्फत अन्य कृषकहरुलाई उत्प्रेरणा बनाउने काम गरेको भन्दै तीन जना कृषकलाई नगद दस हजार रुपैयाँ सहित पुरस्कृत गरेको हो ।
कृषि ज्ञान केन्द्र रामेछापले मंगलवार आयोजना गरेको एक कार्यक्रमकोबीच दोरम्बा शैलुङ गाउँपालिकाका–२ का श्यामवहादुर थापामगर, रामेछाप नगरपालिका– ६ का शेरवहादुर तामाङ र मन्थली नगरपालिका–१४ का दलवहादुर पाल्पाली खड्का रहेका छन् । थापामगर १५ बर्ष अघि सेनाको जागिरबाट अवकास भएसँगै कृषि क्षेत्रमा आबद्ध हुँदै आएका छन् । थापामगर यसअघि पनि कृषि क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
उत्कृष्ट तीन जना किसानलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्