रामेछापमा एमालेको संगठित सदस्यको संख्या साढे १२ हजार पुग्यो, कुन स्थानीय तहमा कति ? (विवरणसहित)



२३ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापले जिल्लामा संगठित सदस्यको संख्या १२ हजार ६ सय ६२ जना पुर्याएको छ । एमाले रामेछापले संगठित सदस्यको संख्या १० हजार पुर्याउने लक्ष्य लिए पनि लक्ष्य भन्दा साढे दुई हजार बढी सदस्य थपेको हो । हाल कायम भएको संगठित सदस्यबाट आगामी मंसिरमा हुने मधिवेशनको लागि जिल्लाबाट केन्द्रीय प्रतिनिधि चयन गर्नेछ । एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जिल्ला पार्टीले संगठित सदस्यको संख्या टंगो लागेको रामेछाप न्युजलाई बताए ।

कुन स्थानीय कति ? 
दोरम्बा शैलुङ गाउँपालिकामा संगठित सदस्यको संख्या १७ सय ६० जना पुगेको छ । जसमा पुरानो ६३३ र नयाँ ११ सय २६ जना थपिएका छन् ।
गोकुलगंगा गाउँपालिकामा संगठित सदस्यको संख्या ११ सय ७१ पुगेको छ । जसमा पुरानो४१७ र नयाँ ७५४ जना रहेका छन् ।

खाँडादेवी गाउँपालिकामा संगठित सदस्यको संख्या २९ सय ३ जना पुगेको छ । जसमा पुरानो ८१५ र नयाँ २ हजार ८८ जना थपिएका छन् ।

लिखुतामाकोसी गाउँपालिकामा संगठित सदस्यको संख्या १४ सय ७ जना पुगेको छ । जसमा पुरानो ४५० र नयाँ ९५७ जना थपिएका छन् ।

मन्थली नगरपालिकामा संगठित सदस्यको संख्या २४ सय ८४ पुगेको छ । जसमा पुरानो ९९२ र १४ सय ८१ जना नयाँ थपिएका छन् ।

रामेछाप नगरपालिकामा संगठित सदस्यको संख्या ७७८ जना पुगेको छ । जसमा पुराना २६२ र नयाँ ५०६ जना थपिएका छन् । रामेछाप न्युज

सुनापति गाउँपालिकामा संगठित सदस्यको संख्या १२८५ पुगेको छ । जसमा पुराना ३९६ र नयाँ ८८९ जना थपिएका छन् ।

उमाकुण्ड गाउँपालिकामा एमालेको संगठित सदस्यको संख्या ८७४ पुगेको छ । जसमा पुरानो २५४ र ६२० नयाँ सदस्य थपिएका छन् ।

१२ हजार ६ सय ६२ जना संगठित सदस्यमा पुरुषको संख्या ९ हजार ९०२ र महिलाको संरखया २ हजार ७६० जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्