एमाले रामेछापमा १९ जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी (नामावलीसहित)
२६ कात्तिक, रामेछाप ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अगाडि बढेको छ । एमाले रामेछापबाट महाधिवेशनमा १९ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने छन् । १९ जनाको लागि ६५ जनाको उम्मेदवारी परेको एमालेको निर्वाचन गराउन गठित रामेछापका प्रमुख निर्वाचन प्रमुख पुष्पराज पौडेलले रामेछाप न्युजलाई जानकारी दिए । एमालेले भोली देशभर एकसाथ महाधिवेशन प्रतिनिधि चयन गर्न निर्देशन दिएको छ । एमाले रामेछापले जिल्लामा संगठित सदस्यको संख्या १२ हजार ६ सय ६२ जना रहेको छ । जसबाट १९ जना केन्द्रीय महाधिवशेन प्रतिनिधि छनोट हुनेछन् ।