अब सबै कमिटीमा एक व्यक्ति एक पद लागू गर्ने माओवादीको निर्णय



२६ कात्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । एकै व्यक्तिले दुई पद दिदा कमिटी प्रणाली प्रभावकारी नभएको निष्कर्ष निकाल्दै माओवादीले एक व्यक्ति एक पद लागू गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधन गर्दै नयाँ नियम लागू गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको छ । पार्टी कमिटी जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले एक व्यक्ति एक पदको अवधारणालाई लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्