रामेछापमा सहमतिकै आधारमा १९ जना महाधिवेशन प्रतिनिधिको भोली घोषणा गछौः ढुंगेल
२६ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले सहमतिकै आधारमा रामेछापबाट १९ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको भोली घोषणा हुने बताएका छन् । उनले सहमति निर्माण गर्न जिल्ला अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा नौ सदस्यीय समन्वय कार्यदल गठन भएकाले सहमतिकै आधारमा प्रतिनिधि चयन हुने बताएका हुन् ।
रामेछाप न्युजसँग कुराकानी गर्दै इन्चार्ज ढुंगेलले भने,‘एकताको महाधिवेशन भएकाले हामी सहमति कायमै गरेर जिल्लाबाट प्रतिनिधि छनोट गछौ, न्ययसंगत ढंगले सहमतिबाटै प्रतिनिधि छान्ने काम अगाडि बढेको छ ।’ प्रतिनिधि चयन गर्न चुनाव नहुने बताउदै उनले भोली सहमतिबाटै प्रतिनिधिहरको घोषणा गरेर पार्टीले एकताको सन्देश दिने बताए ।