रामेछापमा माओवादीकाे पाँच हजार नयाँ सदस्य थपिए:मोक्तान



२६ कात्तिक, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले पार्टीको संगठित सदस्यता नविकरण र नयाँ संगठित सदस्य बनाउने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । विगतमा रहेको करिब छ हजार संगठित सदस्यको संख्याबाट थप पाँच हजार बढाउदै माओवादीले जिल्लामा करिब ११ हजार संगठित सदस्य पुर्याउन लागेको हो ।

नेकपा माओवादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको काम सम्पन्न भएको र सदस्यहरुको केन्द्रीय सर्भरमा इन्ट्री गराउने काम भइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार नविकरण र नयाँ सदस्यता वितरणसँगै जिल्लामा संगठित सदस्यको संख्या ११ पुग्ने भएको छ ।

त्यसैगरी माओवादीले वडा अधिवेशनको काम पनि सुरु गरेको छ । माओवादीले दोरम्बा शैलुङ गाउँपालिका–७ लखनपुरको वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट प्रविण कुमार मोक्तान वडा कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । माओवादीले मंसिर ४ गतेभित्र बाँकी ६३ वडाको वडा अधिवेशन सम्पन्न गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्