रामेछापमा एमालेका १९ जना महाधिवेशन प्रतिनिधिको टुंगो लाग्यो, केहीबेरमा घोषणा हुँदै



२७ कात्तिक, रामेछाप ।
नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज एमालेले देशभरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । एमाले रामेछापले पनि आज सर्वसम्मत रुपमा १९ जना महाधिवेशन प्रतिनिधि चयनको काम करिब सम्पन्न गरेको छ । सहमतिबाटै प्रतिनिधि चयन गर्नको लागि जिल्ला अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा समन्वय कार्यदल गठन गरेको थियो । कार्यदल १९ जना प्रतिनिधिको नाम टुंगो लगाएको छ । रामेछापबाट १२ जना पुरुष, ५ महिला र २ जना दलित प्रतिनिधि चयन हुदै छन् । जिल्ला अध्यक्ष शान्ति पौडेल, उपाध्यक्ष प्रेम बहादुर तामाङ सचिव आनन्न श्रेष्ठ सहितका नेताहरुको नाम टुंगो लागेको छ । एमालेले अहिले तीन बजे प्रतिनिधिहरुको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्