एमाले रामेछापबाट १९ महाधिवेशन प्रतिनिधि छानिदा ६ जना मन्थली नगरपालिकाका, कुन पालिकाबाट कति ?



२६ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापले आगामी दसौ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट सहभागी हुने १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । रामेछाप नगर कमिटी र सुनापति गाउँ कमिटीबाट एक÷एक जना मात्र महाधिवेशन प्रतिनिधि चयन हुँदा मन्थली नगर कमिटीबाट भने ६ जना महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाएका छन् । मन्थली नगर कमिटीबाट हालका जिल्ला सचिव आनन्द श्रेष्ठ, मन्थली नगरपालिबाबाटै धु्रवकुमार कार्की खुल्ला पुरुष तर्फबाट चयन भएका छन । त्यसैगरी महिलातर्फ पनि गिता कार्की र माया कार्की मन्थली नगर कमिटीबाटै महाधिवेशन प्रतिनिधि बन्ने अवसर प्राप्त गरेका छन् ।

त्यसैगरी मुक्तिसमाजतर्फ पनि दुवै जना मन्थली नगरपालिकाबाटै चयन भएका छन् । मन्थली नगरपालिकाकै मान बहादुर विश्वकर्मा र गणेश विक महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् ।
दोरम्बा शैलुङ गाउँपालिकाबाट तुला प्रसाद कँडेल र रत्न गौतम, सुनापति गाउँपालिकाबाट ज्ञान कुमार योञ्जन, खाँडादेवी गाउँपालिकाबाट प्रेम बहादुर खड्का, प्रेम बहादुर तामाङ, शम्भु कुमार श्रेष्ठ, रामेछाप नगरपालिकाबाट होतराज ढकाल, लिखु तामाकोसी गाउँपालिकाबाट पुरुषोत्तम कडरिया र दिपशिखा दाहाल, गोकुलगंगा गाउँपालिकाबाट शान्ति पौडेल र हेमकुमारी तामाङ, उमाकुण्ड गाउँपालिकाबाट चित्र बहादुर कार्की र गंगा कार्की एमालेको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्