मनाङकाे तिलिचो ताल घुम्न गएका रामेछापका थापाको निधन
२९ कात्तिक, काठमाडौं ।
रामेछापका एक युवकको घुम्न जाने क्रममा मनाङमा लेक लागेर मृत्यु भएको छ । रामेछाप स्थायी घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्दै आएका २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकाेप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाेमा उपचारको क्रममा थापाकाे मृत्यु भएको हो ।