माओवादी केन्द्र रामेछापको संयोजकमा मोक्तान, इन्चार्ज र सह–इन्चार्ज हटाइयाे



३ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्रको संयोजकमा मैन कुमार मोक्तान चयन भएका छन् । यसअघि पार्टीले गरेको इन्चार्ज र सह–इन्चार्ज हटाउदै मोक्तानलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले युवराज चौलागाईलाई इन्चार्ज, प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ र धावा लामालाई सह–इन्चार्ज बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयको विषयलाई लिएर विवाद भएपछि माओवादी बागमती प्रदेश कार्यालयको बैठकले इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी हटाउदै मोक्तानलाई जिल्ला संयोजक बनाएको छ । अब रामेछापको इन्चार्ज र सह–इन्चार्जको नेतृत्व प्रदेश कार्यालयले गर्ने निर्णय भएको जिल्ला संयोजक मोक्तानले रामेछाप न्युजलाई जानकारी दिए । मोक्तान यसअघि रामेछापका जिल्ला अध्यक्ष रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्