रामेछापका कांग्रेसका स्वर्गीय नेता मेघबहादुर खत्रीका छोरा माओवादीमा प्रवेश



१५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका स्वर्गीय नेता मेघबहादुर खत्रीका छोरा बसन्त केसी कांग्रेस परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आफ्नो बुबा र दिदीको गाडी दुर्घटनामा परी निधन हुँदा समेत कांग्रेसले सुनापति गाउँपालिकाको अधिवेशन स्थगित समेत नगरेकोप्रति असन्तुष्टि जनाउदै केसी कांग्रेस छोडेर माओवादीमा प्रवेश गरेका हुन् ।

बुधवार माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमकोबीच केसीलाई माओवादीका नेता युवराज चौलागाई, माओवादी सुनापति गाउँकमिटीका उपाध्यक्ष बिबी तामाङ, रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष इलक घिसिङले पार्टीमा स्वागत गरेका थिए । केसीले आगामी यात्रा माओवादी पार्टीमा विताउने प्रीतबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्