महिला हिंसा अन्त्य गर्न सबै मिलेर लाग्नु पर्छः उपप्रमुख खड्का
१६ मंसिर, रामेछाप ।
रामेछाप नरपालिकाका उपप्रमुख सृजना खड्काले महिला हिंसा अन्त्य गर्नको लागि सबै पक्ष मिलेर लाग्नु पर्छ । समाजको सोचमा परिवर्तन आवश्यक रहेको बताउदै उनले महिला हिंसाको विरुद्ध सबै पक्ष मिलेर लडनु पर्ने बताएका हुन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त आज साँघुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप्रमुख खड्काले समाजमा रहेका विभेदको विरुद्ध महिला पुरुष मिलेरै अन्त्य गनुपर्नेमा जोड दिइन । उनले भनिन,‘महिला हिंसा विरुद्ध हुने कानुनी उपचारलाई प्रभावकारी बनाउनु पर्छ, महिला हिंसाको घटना न्युनिकरण गर्न पुरुषको सोचमा पनि परिवर्तन जरुरी छ ।’
समाजमा केही खराब पात्रको कारण विकृति फैलिरहेको बताउदै उनले समाजमा हुने महिला हिंसा विरुद्धमा महिलाहरु पनि एक जुट भएर उठनु पर्ने बताइन ।
नगरपालिकाको तर्फबाट महिला हिंसा विरुद्धको घटना रोक्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकोमा उल्लेख गर्दै उनले महिला हिंसा न्युनिकरण गरेर मात्र समृद्ध समाजको कल्पना गर्न सकिने बताइन ।
नगरपालिको यस अभियान अन्तर्गत ९ वटै वडामा महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाले गोठगाउँ र साँघुटारमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने बाँकी वडामा पनि अभियान सञ्चालन गर्ने कार्यक्रम बनाएको छ ।
रामेछाप नगरपालिकाले ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्य गरौ’ भन्ने मूल नाराका साथ वडा वडामा पुगेर लैगिंक हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।