रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा वल
१८ मंसिर, रामेछाप ।
नेकपा माओवादी रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा प्रवल कुमार बल चयन भएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सम्पन्न सम्मेलनबाट वल सर्वसम्म अध्यक्षमा चयन भएका हुन् । सम्मेलनले उपाध्यक्षत्रयमा श्याम नारायण श्रेष्ठ, विनोद तिरुवा र रामलाल तामाङ चयन भएका छन् । समितिको सचिवमा भिम थापामगर, सह–सचिवमा हिरालाल तामाङ र कोषाध्यक्षमा दिर्गमान तामाङ चयन भएका छन् । सम्मेलनबाट ५५ जना कार्य समितिका सदस्य पनि चयन गरेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, माओवादीका नेता एवं रामेछापका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, रामेछापका जिल्ला अध्यक्ष मैन कुमार मोक्तान लगायतको सहभागीता रहेको थियो ।